डब्लुएचओको नयाँ निर्देशिका : हावाको गुणस्तर सुधार्नै पर्ने दबाबमा नेपाल

कोल्हवी न्यूज
२०७८ आश्विन ८, शुक्रबार ०७:५५ गते

विश्व स्वास्थ्य संगठन (डब्लुएचो) ले वायुको अधिकतम सुरक्षित तह घटाइदिएपछि नेपालजस्ता अति प्रदूषणयुक्त मुलुक झनै दबाबमा परेका छन् ।

डब्लुएचओले १५ वर्षअघिको निर्देशिका परिमार्जन गरेर पिएम २।४ र पिएम १० भनिने सुक्ष्म कणको अधिकताम मात्रा साविकभन्दा क्रमशस् झन्डै तीन गुणासम्म मसिना प्रदूषित कण पिएम २।५ को मात्रा १५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी भएमा त्यो हावा प्रदूषित मानिनेछ, जसले मानव स्वास्थ्यलाई हानि पुर्याउँछ ।

सन् २००५ को निर्देशकामा यस्तो मात्रा २५ तय भए पनि १५ वर्षको अध्ययनमा सो मापदण्डभित्र रहेको हावा पनि हानिकारक पाइएपछि डब्लुएचओले घटाइदिएको हो । अब यो मापदण्ड वार्षिक औसत ५ भन्दा बढी हुनुहुँदैन । ‘काठमाडौंको हावा यसअघि नै डब्लुएओको मापदण्डा भन्दा पाँच गुणासम्म बढी प्रदूषित थियो, नयाँ मापदण्डअनुसार त १० गुणा हुने भयो,’ वातावरणविद् भूषण तुलाधरले भने, ‘अच्वस्छ हावा बढ्यो भनेर आत्तिने होइन, घटाउनतिर लाग्नुपर्यो । न्युनीकरण गर्न नसकिने भन्ने हुँदैन।’

नेपालले सन् २०१२ यता पिएम २/५ को मापदण्ड २४ घण्टामा ४० अंकसम्म पुग्दा स्वच्छ हावा मान्दै आएको छ । तर, वायु प्रदूषणको अवस्था पहिले सोचिएभन्दा खतरनाक रहेको निष्कर्ष निकालेको डब्लुएचओले कुल वायुको गुणस्तरको मापदण्ड मात्र होइन, प्रदूषणमा मुख्य भूमिका रहने नाइट्रोजन डाइअक्साइडजस्ता रसायनको अधिकतम सुरक्षित तह पनि झारिदिएको छ । कोप २६ सम्मेलनअघि नै उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम गर्न डब्लुएचओले आफ्ना एक सय ९४ सदस्य राष्ट्रलाई बुधबार आह्वान पनि गरेको छ । नयाँ पत्रिकाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*