मुम्बईको लगातार दोस्रो हार, कोलकाताको स्थानमा बहार

कोल्हवी न्यूज
२०७८ आश्विन ८, शुक्रबार ०७:५१ गते

ईन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले लगातार दोस्रो हार बेहोरेको छ । कोरोनाका कारण १४० दिनपछि भइरहेको सिजनको बाँकी खेल भएपछि दुवै खेलमा मुम्बई पराजित भएको हो ।

 

बिहीबार राति अबुधाबीमा भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बईलाई हराएको हो । कोलकाताले मुम्बईलाई ७ विकेटले हराएको हो । मुम्बईले दिएको १५६ रनको विजयी लक्ष्य कोलकाताले १५।१ ओभरमै ३ विकेटको नोक्सानीमा पूरा गर्यो ।

कोलकातालाई सहज जित दिलाउने क्रममा राहुल त्रिपाठीले ४२ बलमा नटआउट रहदै ७४ रन बनाए ।
भेन्कटेश ऐयरले ३० बलमा ५३ तथा शुबमन गिलले १३ रन बनाए ।

 

कप्तान इयान मोर्गनले ७ तथा नितिश रानाले नटआउट रहेर ५ रन बनाए । मुम्बईका जसप्रित बुमराहले मात्र विकेट लिए । उनले सबै ३ विकेट लिएका हुन् ।

मुम्बईको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेटको नोक्सानीमा १५५ रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डी ककले ४२ बलमा ५५ रन बनाए ।

कप्तान रोहित शर्माले ३० बलमा ३३ रन बनाए । किरन पोलार्डले १५ बलमा २१ रन बनाए । इशान किशनले १४ तथा कुर्नाल पाण्डेयले १२ रन बनाए ।

कोलकाताका लक्की फेर्गुसन र प्रसिद्द कृष्णले २–२ विकेट लिए ।

अंक तालिका
जितले कोलकाताको अंक र स्थानमा बहार आएको छ । कोलकाताले चौथो स्थानमा फड्को मार्दा मुम्बई भने एकैपटक दुई स्थान तल झरेको छ ।

९ खेलबाट दिल्ली क्यापिटल्स १४ अंकसहित शीर्ष स्थानमा रहेको छ । चेन्नई सुपर किङस १ खेल कमबाट १२ अंकसहित दोस्रो स्थानमा छ ।

रोयल च्यालेन्जर्स बैंगलोर ८ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । कोलकाता ९ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ । एक खेल कम खेलेको राजस्थान रोयल्स ८ अंकबाटै पाँचौंमा र ९ खेलबाट ८ अंकको मुम्बई रन रेटका आधारमा छैटौं स्थानमा झरेको छ ।

९ खेलबाट पंजाब किंगस् ६ अंकबाट सातौं तथा ८ खेलबाट सनराइजर्स हैदराबाद मात्र २ अंकमा छ । पुछारको हैदराबाद ६ खेल खेल्न बाँकी छँदै प्लेअफमा पुग्ने सम्भावनालाई लगभग पछाडि छाडेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*