सवारी दुर्घटनामा परी कुवेतमा एक नेपाली युवाको मृत्यु, नेपाल पठाउने तयारी

कोल्हवी न्यूज
२०७८ आश्विन ८, शुक्रबार ०७:४९ गते

सवारी दुर्घटनामा परी कुवेतमा एक नेपाली युवाको मृत्यु भएको छ । रसुवाका किप्पा नेकोर तामाङको घटनास्थलमा मृत्यु भएको जनाइएको छ ।

गत सोमबार कम्पनीको काम सकेर कोठामा पुगेका उनी किनमेल गर्न गएका बेला फर्किदा सडक पार गर्ने क्रममा दुर्घटनामा परेका थिए ।

विगत दुई वर्षदेखि कुवेतको एक कम्पनीमा कार्यरत रहेका मृतक तामाङको शव कम्पनिसंग समन्वय गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर चाँडै नेपाल पठाइने कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

मृतकको घरमा श्रीमती र एक तीन बर्षिय छोरी रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*