बार्सिलोना काडिजसँग बराबरीमा रोकियो
बार्सिलोनाले बिहीबार राति स्पेनी ला लिगामा काडिजसँग गोलरहित बराबरी खेलेको छ । पछिल्ला तीन खेलमा बार्सिलोना जितविहीन रहेको छ । यसले प्रशिक्षक रोनाल्ड कोमनमाथि अझ दबाब बढाएको छ ।
रोमन ड कारान्ज स्टेडियममा भएको खेलको ६५ औं मिनेटमा फ्रेन्क डे जोङलाई रातो कार्ड देखाएप्छि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । इन्ज्युरी समयमा कोमनलाई पनि रातो कार्ड देखाइएको थियो ।
बार्सिलोनाले अब आइतबार घरमा लेभान्टेको सामना गर्नेछ र त्यस अगाडि कोमन क्लबका प्रशिक्षक रहने छन् अथवा छैनन्, त्यो प्रश्न बनेको छ । अहिलेको नतिजापछि बार्सिलोना लिग तालिकाको शीर्षमा रहेको रियल म्याड्रिडसँग सात अंकले पछाडि परिसकेको छ ।









