त्रिशुलीमा कार खस्दा एकजना घाइते, तीन बेपत्ता

कोल्हवी न्यूज
२०७८ आश्विन ८, शुक्रबार ०७:४६ गते

त्रिशुली नदीमा कार खस्दा एक जना घाइते भएका छन् भने तीनजना बेपत्ता भएका छन् । कार पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उक्त कार दुर्घटनामा घाइते भएका पोखराका रुद्रलाल सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

कार चालक कास्की पोखरा १७ वस्ने प्रेमबहादुर भुजेल, सोही ठाउँकै लेखबहादुर भुजेल र ईश्वरी भुजेल कारसँगै नदीमा बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

गएराति पौने १२ बजे चितवन ईच्छाकामना गाउँपालिका ५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग२च ४९१८ नम्बरको कार अनियन्त्रीत भई त्रिसुली नदीमा खसेको थियो । हराइरहको कार र बेपत्ता व्यक्तिहरुको खोजी कार्य जारी रहे पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*