प्रदेश १ ले माग्यो २५ स्टाफ नर्स, ५० प्रतिशत जोखिम भत्ता

कोल्हवी न्यूज
२०७८ आश्विन ८, शुक्रबार ०७:४२ गते

प्रदेश १ सरकारले कोभिड-१९ नियन्त्रणका लागि २५ जना स्टाफ नर्स भर्ना गर्ने भएको छ ।

सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गरी कोशी अस्पताल र कोभिड-१९ उपचार केन्द्रका लागि करार सेवामा स्टाफ नर्स पाँचौ तहमा भर्ना आह्वान गरेको हो ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका उम्मेदवारले १४ असोजभित्र दरखास्त दिन सक्नेछन् ।

करार सेवा भर्ना हुने कर्मचारीले तलब स्केलसहित ५० प्रतिशत जोखिम भत्ता लगायतका सुविधा प्राप्त गर्ने मन्त्रालयले जानकारी दिएको छ । कलाकर्मीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*