कोल्हवीको सबै वडामा एमालेको भेला सम्पन्न, एमालेमा बढ्दो जनलहर

अशेष ढुङ्गाना
२०७८ आश्विन ७, बिहीबार १२:२५ गते

७ आसोज, कोल्हवी । बाराको कोल्हबी नगरपालिका भित्रका सबै वडामा एमालेको वडा भेला सम्पन्न भएको छ ।
पछिल्लो समय राजनीतिकअस्थिरता बढिरहेको बेला अनि स्थानिय निकायको चुनाब नजिकिँदै गइरहेको अवस्थामा बारा जिल्लाको कोल्हवी नगरपालिका भित्रका सबै वडामा एमालेले आफ्नो वडा भेला सम्पन्न गरेको हो।

No description available.
एमालेको वडा भेलामा नेता तथा कार्यकर्ताहरुको उत्साह जनक सहभगिता रहेको थियो । भेलामा कोल्हवी नगरपालिका भित्रका विभिन्न वडाका माओबादी र काङ्ग्रेस पार्टीबाट पार्टी परित्यागगरि एमालेमा प्रबेश गरेका थिए ।
भर्खर एमालेबाट अलग भएका ने.क.पा. एकीकृत (समाजबादी) को कोल्हवी नगर पालिका भित्र खासै प्रभाव नरहेको देखिन्छ । यसरी कोल्हवी नगरपालिका भित्र एमालेको नेता तथा कार्यकर्ताहरुको भब्य र उत्साह जनक उपस्थितिमा ११ वटै वडा मा वडा भेला सम्पन्न भएको हो।

No description available.
कार्यक्रमलाई सफल पार्न ने.क.पा. एमाले केन्द्रीय सदस्य तथा प्रदेस सह–इन्चार्ज अचुत प्रसाद मैनालि, प्रदेशका त्रिलोकि चौधरी, जिल्ला अध्यक्ष बलबिर प्रसाद चौधरी, कोल्हबी नगरपालिकाका मेयर भरत बहादुर भण्डारी, ज्ञानु के.सि., गोबिन्द पौडेल लगायत थुप्रै स्थानिय एमाले नेता तथा कार्यकर्ताहरुको भब्य उपस्थिति रहेकोे थियो।

No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*