भारतमा ४ लाख ४६ हजार कोरोना संक्रमितको मृत्यु

कोल्हवी न्यूज
२०७८ आश्विन ७, बिहीबार ०७:०३ गते

भारतमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४ लाख ४६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २७९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४६ हजार ८० पुगेको छ ।

यस्तो भारतमा एकैदिन ३१ हजार ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३५ लाख ६२ हजार ३४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७ हजार ७७९ जना सक्रिय संक्रमित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*