करैयामाई गाउँपालिकाको नवौँ गाउँ सभा सम्पन्न
५ असोज, कोल्हवी/बाराको करैयामाई गाउँपालिकाको नवौँ गाउँ सभा एक कार्यक्रमको बिच भब्य रुपमा सम्पन्न भएको छ ।
सभाको अध्यक्षमा करैयामाई गाउपालिकाको प्रमुख भुनेश्वर धामी हुनुहुन्थ्यो भने बिशिस्ट अतिथिमा गाउपालिका उप-प्रमुख चित्ररेखा चौधरी हुनुहुन्थ्यो ।
त्यस्तै कार्यक्रममा गाउपालिकाका प्र.अ. उदय शंकर चौधरी इन्जिनियर अवधेश कुशुवाहा , योजना अधिकृत बिरेन्द्र महतो , वडा न.२ का अध्यक्ष सुरेन्द्र चौधरी,वडा न। ७ का अध्यक्ष बृज चौधरी, कार्यपालिका सदस्यहरु, संचारकर्मी, सुरक्षाकर्मी लगायत गाउपालिका कर्मचारीहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा आ. व. ०७८/०७९ को लागि रु ४९ करोड ५८ लाख ६५ हजार ७ सय ९० रुपैयाको बजेट सहित नीति तथा कार्यक्रम उपाध्यक्ष चित्ररेखा चौधरीले प्रस्तुत गर्नुभयो । कार्यक्रममा वडा न. २ का वडा अध्यक्ष सुरेन्द्र चौधरी, वडा न. ७ का अध्यक्ष बृज चौधरी, उदय शंकर चौधरी लगायतकाले मन्तव्य राख्नुभएको थियोे भने कार्यक्रम संचालन बिरेन्द्र महतोले गर्नुभयो हो ।









