राजनीतिक नियुक्ति पाएका सबै राजदूत फिर्ता बाेलाउने सरकारकाे निर्णय
सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने भएको छ ।आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति पाएका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
आजको बैठकले यसअघि केपी ओली सरकारले राजनीतिक नियुक्ति दिएर पठाएका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको हो । यो निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलगायत अन्य देशमा नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन् ।










