बाराको कोल्हवीमा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन

धिरेन्द्र पनुहर
२०७८ भाद्र २७, आईतवार १४:१६ गते

बारा भाद्र २७/ बाराको कोल्हबी नगरपालिका वाड ११ थस्कौल टोलमा रामलोचन चौधरीको अध्यक्षतामा गाउँ कमिटी भेला सम्पन्न भएको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथी जिल्ला अध्यक्ष अनिल श्रेष्ठ बिशिस्ट अतिथी तपेश्वर राय थारु ,अतिथिहरु छबिलाल चौधरी ,कैलाश बि. क. रामचन्द्र साफी,बासु चौधरी ,वसन्त चौधरी ,जय प्रकाश चौधरी ,अशोक महर्जन लगाएत सयौ कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। नव गठित वडा समितिको अध्यक्षमा रालोचन चौधरी ,उपाध्यक्ष जलिल देवान,कोषाध्यक्ष पाहुन चौधरी सचिव नन्दलाल चौधरी लगाएत रहेका छन । सोही कार्यक्रममा एमाले पार्टी परित्याग गरि वडा न ११ का भुपु सचिव शिबनारायन रजक एमाले मुक्ती समाज जिल्ला कमिटी सदस्य जगरनाथ राम माओवादी पार्टीमा प्रवेश गरेका हुन ।

नव प्रवेशिहरुलाइ प्रमुख अतिथी अनिल श्रेष्ठले अबिर र माला लगाइ स्वागत गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले माओवादी पार्टीले नै देशमा स्थिरता ल्याछ भनेर बताउनु भयो। देशमा परिवर्तन ल्याउन माओवादीको ठूलो भुमिका रहेकोले माओवादीलाई समर्थन गर्न सबैलाइ आग्रह समेत गर्नु भयो। कार्यक्रम संचालन अमृत जि आरले गर्नु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*