बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्रीले लिए सपथ
भाद्र २३, हेटौँडा/बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । आज दिउँसो मुख्यमन्त्री शाक्यले ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् ।
मुख्यमन्त्री शाक्यले यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री रहेका केशवराज पाण्डेलाई भौतिक पूर्वाधार मन्त्री,रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्री, विजय सुवेदीलाई सामाजिक विकास मन्त्री,शान्ति प्रसाद पौडेललाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री,प्रदिप कुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्री,डाक्टर अजय क्रान्ति शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्री,चन्द्र लामालाई भुमी व्यवस्था,कृषि सहकारी मन्त्री,जीवन खड्कालाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री,सरस्वती बाटीलाई उद्योग,पर्यटन वन तथा पर्यटन राज्यमन्त्री,जुनेली श्रेष्ठलाई सामाजिक विकास राज्यमन्त्री र बद्री मैनालीलाई भुमी व्यवस्था,कृषि सहकारी राज्यमन्त्री नियुक्त गरेकी हुन् ।
नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बागमती प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादव चन्द्र शर्माको उपस्थितिमा पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो। खबरब्रेक डट. कम. बाट साभार









