माओवादी केन्द्रमा गयो पहिरो, प्रचण्ड अमेरिकाको एजेन्ट भएको भन्दै नेता चौधरीले गरे पार्टी परित्याग

डि.पी. घिमिरे
२०७८ भाद्र २२, मंगलवार १५:०३ गते

नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) र त्यसको मुल नेतृत्व पुष्प कमल दाहल ‘प्रचण्ड’ साम्राज्यवादि अमेरिकाको एजेन्ट भएको भन्दै त्यस पार्टीबाट बिद्रोह गर्नेहरु बढे संगै जितपुर सिमारा उपमाहा नगर पालिका का स्थापित जनजाती नेता कृष्ण देव चौधरि माओबादी केन्द्र परित्याग गरि आहुती ले नेतृत्व गरेको बैज्ञानिक समाज बादी पार्टिमा प्रवेश गरेका छ्न।
२०५४ साल देखि पार्टिमा सकृय रहि जनयुद्धमा होमिएका जितपुर सिमारा १४ का चौधरीले आइतबार एक बक्तब्य प्रकाशित गर्दै बैज्ञानिक समाजबादी पार्टिमा समावेस भइ समाजबादी आन्दोलनमा लामबध हुने घोषणा गरेका हुन।
प्रचण्ड र माओबादी केन्द्र अब किसान मजदुरको पार्टी नभएको र सो पार्टीका अधिकांस नेता ऐयासी बिलासी अनि लुटको धनमा रमाइ रहेकोले अफुले सो पार्टी परित्याग गरि बैज्ञानिक समाजबादिमा समेल भएको चौधरिले कोल्हबी न्युजलाइ बताएका हुन। सबै इमान्दार कार्यकर्ताहरु प्रचण्डको पछि लागे देश नै नरहने र mccजस्तो राष्ट्रघाती परियोजना नेपालमा भित्र्याइ देश बेच्न लागेकोले त्यहा बाट बिद्रोह गर्न समेत उनले कोल्हबी न्युजलाइ बताएका छ्न।
जितपुर सिमारमा माओबादी केन्द्र बाट कृष्ण देव चौधरिले बिद्रोह गरे पछी सो पार्टिलाइ ठूलो धक्का लागेको माओबादी केन्द्र पार्टी  स्रोतबाट बुझिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*