रौतहटको एक वडा कार्यालयमा ३ बर्षदेखि ताला , वडा अध्यक्ष कै घरमा कार्यालय

कोल्हवी न्यूज
२०७८ भाद्र २४, बिहीबार २०:५१ गते

रौतहट २४ भदौ । रौतहटको देवाही गोनाहीका एक वडा अध्यक्षले ३ बर्षदेखि आफ्नै घरलाई वडा कार्यलय बनाएका छन । देवाही गोनाही नगरपालिकाको वडा नम्बर ९ धरहरीका वडा अध्यक्ष राजेश साहले विगत ३ बर्षदेखि वडा कार्यालयमा ताला लगाई आफ्नै घरमा आम नागरिकको कामहरु गर्दै आएको स्थानिय हरेन्द्र साहले बताउनु भयो । वडा कार्यालयमा ताला लगाइएको र लथालिङ्ग अबस्था रहेको स्थानियले बताएका छन । निवाचित भएको शुरुका केही दिन वडा कार्यलयबाट वडा अध्यक्षले सेवा दिएको त्यसपछि वडा कार्यालयमा ३ बर्षदेखि नै बस्न छाडेको साहले बताउनु भयो ।

वडा भरिका सर्वसाधरणहरु केही काम परेमा वडा अध्यक्ष राजेश साहकै घरमै पुग्नु पर्ने साहले बताउनु भयो । वडा कार्यलयबाट दिनु पर्ने सेवा वडा अध्यक्ष साहले आफनै घर बोलाएर दिने गरेको स्थानियले बताएका छन । वडा कार्यालयमा हुनु पर्ने कम्प्युटर ल्यापटप डेक्स बेन्चकुर्सी वाईफाई नेट लगायतका समाग्रीहरु समेत आफनो घरमा राखेर काम गर्ने गरेको अर्का स्थानिय दिपक साहले बताउनु भयो । वडा अध्यक्ष साहको गैर जिम्मेबारीपुर्ण कामले वडा कार्यलयको अवस्था लथालिङ्ग भएको स्थानियहरुले गुनासो गरेका छन । नागरिकहरुको वडा कार्यालयबाट हुनु पर्ने कामलाई वडा अध्यक्षको घरबाट सञ्चालन भइरहेकाले अब वडा कार्यालयमा नै गर्नु पर्ने स्थानियले माग गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*