जगदम्बाको लापरबाही दिनानुदिन बढदै ग्याँस लिक हुदा उद्योग आसपासका मानिस ढले
कोल्हवी न्युज डट कम,भाद्र-११,बाराको जितपुरसिमरा-२ मा रहेको जगदम्बा इस्टिल उद्योगको लापरबाहीका कारण हानिकारक ग्यास लिक हुदा शुक्रबार दिउँसो उद्योग आसपासका मानिस बोहोस भएका छन।
उद्योगको भित्री प्लान्ट बाट ग्यास लिक भएको र त्यस बिषयमा उद्द्योगले लापरबाही गर्दा सिमरा-२का मानिसहरु बेहोस भएपछि स्थानीयहरु भागा भाग भयेको एक स्थानीयले कोल्हबी न्युजलाइ जानकारी दिएका छ्न। ग्यास लिक भइ स्थानीय बेहोस भए पछी सयौको संख्यामा सिमरा बासी उद्योगको मुल गेटमा गइ आन्दोलनमा उत्रिएका छन।

आन्दोलनकारी स्थानीयले जगदम्बाको मुलगेटमा ताला लगाइ नाराबाजी समेत गरेका छ्न। आन्दोलन्कारी स्थानीयले CRN प्लान्टमा तोडफोड समेत गर्दा उद्योगमा क्षति पुगेको एक मजदुरले हामिलाइ बताएका छन । आन्दोलनकारी पथलैया बिरगंज सडक खण्डमा जम्मा भई नाराबाजी गरेपछी ठूलो संख्यामा प्रहरी परिचालन समेत गरिएको आन्दोलनमा उत्रिएका पिडित झलक गौतमले कोल्हबी न्युजलाइ बताए।









