कोल्हवीमा बोलबमकामरियाको धर्मशाला निर्माण हुने

धिरेन्द्र पनुहर
२०७८ भाद्र ३, बिहीबार १२:३४ गते

कोल्हवी, २ भाद्र । कोल्हवीमा बोलबमकामरियाको धर्मशाला निर्माण हुने निर्णय हुने भएको छ ।
बाराको कोल्हवी नगरपालिका वाड १ कोल्हवी गाउँ देखि उतरमा अवस्थित उतरनाथ बाबा नजिक बोलबम कामरिया संघको धर्मशाला निर्माण गर्नको लागि संघको बैठकबाट निर्णय भएको छ।
उक्त बैठकमा बोलबम कामरिया संघ कोल्हवीका जमदार राजकुमार महतो सहायक जमदार शिव महतो खजान्ती बिरेन्द्र चौधरी अशोक उपाध्या रामेश्वर पाण्डे ज्ञानु केसि भगवती ठकुराइन सिपाही शंकर चौधरी रामप्रताप चौधरी लगाएत सयौको संख्यामा कामरिया संघका सदस्यहरुको उपस्थिति रहेको थियो उक्त्त धर्मशाला निर्माण भै सके पछि कोल्हबी लगाएत आसपासका तिर्थ यात्रीहरुलाइ धेरै नै टेवा पुग्ने भएकोले सम्बन्धित निकाय र जनप्रतिहरुले यो धर्मशाला निर्माणकालागि आ-आफ्नो ठाउँबाट तनमन र धनले सहयोग गर्न खजान्ती बिरेन्द्र चौधरीले सबैलाइ आग्रह गर्नु भएको छ। केही दिन अगाडि कोल्हबी निवासी रामप्रताप चौधरीले आफ्नो निजि खर्चले उतरनाथ बाबाको स्थापना गर्नु भएको थियो।

भौगोलिक हिसाबले उक्त्त स्थान सबैको लागि पाएक पर्ने भएकोले सो उतरनाथ बाबालाइ जिल्ला ,प्रदेश र देश भरी नै चिनाउने हामी सबैको कर्तब्य रहेको वाड न १ को वडाअध्यक्ष बिरेन्द्र चौधरीले जानकारी दिनु भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*