१७० ग्राम लागू औषध ब्राउन सुगर सहित ३ जना पुरूष व्यक्तिहरू प्रहरीको नियन्त्रणमा
कोल्हवी:विशेष सूचनाको आधारमा १९ गते दिउँसो अं १४:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय सिमरा,बारा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंज पर्साबाट संयूक्त रूपमा खटिएको प्रहरी टोलीले जिल्ला बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ सिमरामा रहेको राज होटेलको कोठा नं.१०६ मा बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ।
उक्त व्यक्तिहरूलाई चेक जाँच गर्दा निजहरूको साथ बाट लागू औषध ब्राउन सुगर वरामद गरी ब्यक्तिहरु समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
पक्राउ पर्नेहरुमा भारत,विहार राज्य,मोफासिल सिवाना जिल्ला, थाना सिवाना,चनौर ग्राम पञ्चायत वडा नं.१४ बस्ने अं.वर्ष ३५ को गौतम कुशवाह,भारत,विहार राज्य,पूर्व चम्पारण जिल्ला, रमगढवा थाना, सिंहसिनी ग्राम पञ्चायत वडा नं.७ बस्ने अं.वर्ष ३० को रन्जन कुमार सिह,सोही स्थान वडा नं.१० बस्ने अं.वर्ष ४० को संजिव कुमार राम राम रहेको प्रहरिले जनाएको छ।
पक्राउ परेकाहरुबाट १७० ग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको छ।










