‘कमेडी किड्स’ को डिजिटल अडिसन सुरू

कोल्हवी न्यूज
२०८१ फाल्गुन १४, बुधबार १५:१६ गते

रियालिटी शो ‘कमेडी किड्स’ को आजबाट डिजिटल अडिसन खुला गरिएको छ। रियालिटी शोमा भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडिओ बनाएर ह्वाट्सएप,जिमेल वा भाइबरमा पठाउन सक्नेछन्।

सहभागीले एक्लै अथवा समूहमा भिडियो बनाएर पठाउन सक्नेछन्। डिजिटल अडिसनबाट छानिएकालाई फिजिकल अडिसनमा बोलाइने र उत्कृस्ट छानेर शोको फर्म्याट अनुसार कार्यक्रममा अघि बढाइने निर्देशक सन्तोष खनालले बताए।

भिडियो पठाउँदा आफ्नो नाम ठेगाना र सम्पर्क नम्बर अनिबार्य समावेश गर्नुपर्नेछ। रघुजी फिल्म्सले ब्यानरमा बन्ने यस शोको ‘वसन्त पञ्चमी’ को अवसरमा घोषणा गरिएको थियो।

बालबालिकाहरुलाई लक्षित गरि निर्माण गरिने शोमा ४ देखि १४ वर्ष सम्म उमेर समूहकाले भाग लिन पाउने रघुजी फिल्म्सका सञ्चालक सापकोटाले बताए।

शोको जुरी टिम र अन्य टिम फाइनल भई सकेको र अब छिट्टै सार्वजनिक गरिने आयोजक टिमले जानकारी दिए। प्रतियोगितामा विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*