काठमाडौँबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटनामा, १७ घाइतेमध्ये दुई गम्भीर

कोल्हवी न्यूज
२०८१ फाल्गुन १३, मंगलवार १०:३८ गते

काठमाडौँबाट रामेछापका लागि छुटेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । काभ्रेपलाञ्चोकको बीपी अन्तर्गत धुलिखेल नगरपालिका वडा नम्बर १० सारदा बतासेमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

बिहान साढे ८ बजेतिर दुर्घटनामा परेको बसमा २४ जना यात्रु सवार थिए । उनीहरुमध्ये १७ जना घाइते भएका छन् ।

सबैलाई उपचारका लागि धुलिखेल अस्पतालमा राखिएको छ । घाइतेमध्ये चालक र सहचालकको अवस्था गम्भीर रहेको बताइएको छ ।

बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रीत भई सडकको नालीमा पल्टिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*