पर्सा सशस्त्र प्रहरीले करिब १७ लाख बराबरको चोरीपैठारी गरिएको औषधि बरामद

कोल्हवी न्यूज
२०८१ फाल्गुन ३, शनिबार ०६:२६ गते

पर्सा जिल्लाको वीरगंज महानगरपालिका–५ गणेशमान चोकबाट सशस्त्र प्रहरीले करिब १७ लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारी गरिएको औषधि बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलीले सहबाज अहमदको घरमा लुकाइछिपाइ राखिएको उक्त औषधि फेला पारेको हो।

भारतबाट अवैध रूपमा भित्र्याइएका ती औषधि बिना कुनै कानूनी कागजात राखिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

सुरक्षा फौजले बरामद गरेको औषधि आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*