विद्युत प्राधिकरण सिमरा बितरण केन्द्रले ग्राहकको अनलाइन तिरेको बिलिङ रकम हजम

कोल्हवी न्यूज
२०७८ श्रावण २५, सोमबार ११:३६ गते

श्रावण २५, कोल्हवी/नेपाल बिद्युत प्राधिकरण सिमरा बितरण केन्द्रले ग्राहकले तिरेको अनलाइन बिलिङ रकम हजम गरेको ग्राहकले गुनासो गरेका छन। बाराको जितपुर सिमरा उप-महा नगरपालिका वडा नं २ मा रहेको कार्यलयमा आफुले तिरेको अनलाइन बिल सहित पुगेका ग्राहकलाइ काउन्टरमा रहेका क्यासियरले अनलाइन बिलको मान्यता नदिएपछि यो तथ्य बाहिरिएको हो।

सिमरा १५ का ग्राहक वीर बाहादुरले अघिल्लो असार महिनाको महशुल ४३८ रुपैया आइ.पि.यस मार्फत भुक्तानी गरेपनी प्राधिकरणले श्रावण महिनाको बिलमा सो रकम थपेर जरिवाना सहित बिलिङ गरेर पठाएको भेटिएको हो। जितपुर सिमरा १६ का ग्राहक हरि बाहादुर लोप्चनले पनि इ सेवा मार्फत जेष्ठ महिनाको बिलको रकम २४२ रुपैया भुक्तानी गरेपनि प्रधिकरणले सो तिरेको रकम पुन बिलिङ गरि पठाएको गुनासो कोल्हबी न्युजलाइ गरेका छ्न।

कोरोना माहामारिका कारण गत बैशाख महिना देखि असाढ १५ सम्म सरकारले देसैभरी निषेधाज्ञा लगाए संगै प्राधिकरण ले विद्युत महशुल अनलाइन मार्फत भुक्तानी गर्न ग्राहकहरुलाइ भने बमोजिम आफुहरुले तिरेको महशुल प्रधिकरणले ठगेको नयाबस्तिकी बसन्ता शर्माले हमिलाइ गुनासो गरिन।

प्राधिकरण सिमारा शाखाले लकडाउन अवधिभरको बिधुत महशुलमा जरिवाना छुट भने पनि दुई महिना पछी मात्रै मिटर रिडिङ गर्न पुगेको प्राधिकरण सिमरा केन्द्रले जरिवाना सहित बिलिङ गरेको प्राधिकरण सिमरा देन्द्रका ग्राहकहरुको को गुनासो रहेको छ।
यस बिषयमा हामिले प्राधिकरण सिमरा केन्द्रका प्रमुख रामु श्रेष्ठसंग बुझ्दा आफुहरुको सफ्टेवरमा समस्या भएको कारण दोहोरो बिलिङ भएको हुन सक्ने प्रतिकृया कोल्हबी न्युजलाइ दिएका छन। उनले भने प्रमाण सहित आए हामी समस्याको समाधान गर्ने बताउनु भयेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*