इलाका प्रशासन कार्यालय कोल्हबिका प्रमुखको बिदाइ
२४ श्रावण, कोल्हबी/ईलाका प्रशासन कार्यालय कोल्हबिका प्रमुख कुश कुमार रिजालको आइतबार एक कार्यक्रम बिच बिदाइ भएको छ।
उक्त कार्यक्रमको प्रमुख अतिथी कोल्हबी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी बिशिस्ट अतिथिहरुमा कोल्हबी न पा वाड न १ का अध्यक्ष बिरेन्द्र चौधरी,२ का गोपाल प्रसाद अधिकारी ५ का बासु प्रसाद चौधरी ११ का नन्द किशोर चौधरी स्वास्थ प्रमुख साबिर ठ्कुराइ ,अतिथिहरु ईलाका प्रहरी कार्यालय कोल्हबिका प्र नि शेखर कुमार साह तामागदी साझेदारी बनका अध्यक्ष रबिन्द्र पनुहर, समाज सेवि तपेश्वर राय थारु उधोग बाणिज्य संघ कोल्हबी शाखाका उपाध्यक्ष रामु प्रसाईं लगाएतका उपस्थिति रहेको थियो।कार्यक्रममा बिदाइ गर्दै प्रमुख अतिथी समेत रहनु भएका भण्डारीले रिजाल सरको कार्यकाल अति नै उत्कृष्ट रहेको उहाको पालामा यश कोल्हबीका जनताहरुले सहि तरिकाले सेवा प्राप्त गर्नु भएको र आज देखि अवकास जीवन बिताउने भएकोले शुखी जिवनकालागी शुभकामना समेत दिनु भयो र रिजाल सरको कार्य स्मरणीय रहने छ भनेर भण्डारी ले बताउनु भयो। स्वागत मन्तव्य शम्भु साहले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा बिरेन्द्र चौधरी बासु प्रसाद चौधरी ,गोपाल प्रसाद अधिकारी,शेखर कुमार साह ,रबिन्द्र पनुहर ,तपेश्वर राय थारुले टीका इ खाधा लगाएर बिदाइ गर्नु भएको थियो।कार्यक्रम को संचालन महेश कुमार साहले गर्नुभएको थियोे ।









