बाराको श्री ने.रा.मा.वि बेनौली पचरौतामा चिल्ड्रेन फन पार्क सञ्चालनमा

नुर आलम बादशाह
२०८१ माघ २३, बुधबार १७:१० गते

बारा:बारा जिल्ला मै आफ्नो छुट्टै पहिचान बनाउन सफल दक्षिणी भेगमा रहेको पचरौता नगरपालिकाले वडा नम्बर ७ स्थित श्री नेरामावि बेनौलीमा निर्मीत चिल्ड्रेन फन पार्क सञ्चालनमा ल्याएको छ।

नगर प्रमुख जलन्धर सिंह ज्यूको बिशेष पहलमा उक्त चिल्ड्रेन फन पार्क सञ्चालनमा आएको हो। पार्क सञ्चालनमा सँगै विद्यालयमा आउने बालबालिकालाई फुर्सदको समयमा रमाउन मिल्ने भएको छ ।

बिधालयमा आउने बालबालिकालाई भुलाउन र फुर्सदको समयमा रमाउन चिल्ड्रेन फन पार्कको आवश्यकता महशुस भएपछि सञ्चालनमा ल्याइएको नगर प्रमुख सिंहले बताउनुभयो।

पचरौता नगरपालिकाको सहयोगमा वडा नं. ७ बेनौली स्थित श्री नेरामावि बिधालय परिसरमै आधुनिक चिल्ड्रेन फन पार्क बनेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*