नेकपा एमाले बारा क्षेत्र नम्बर १ को बिस्तारीत बैठक कोल्हबिमा सम्पन्न

कोल्हवी न्यूज
२०७८ श्रावण १७, आईतवार १३:३५ गते

बाराको कोल्हबीमा शनिबार नेपाल कम्युनिस्ट पार्टी बारा क्षेत्र नम्बर १ को बिस्तारित बैठक सम्पन्न भएको छ ।
पार्टी विवादको विषय र भावी कार्ययोजनाको बारेमा बैठकमा छलफल भएको थियो । कार्यक्रममा कार्यकर्ताहरुको गुनासो, सल्लाह तथा सुझावको समेत लिईएको थियो । सल्लाह सुझाव दिने क्रममा डाक्टर द्वारिका उप्रेती, त्रीयोगी चौधरी, तेजप्रसाद चौधरी लगायतले आफ्ना गुनासाहरु राखेका थिए ।
कोल्हबीको शुबिहानी कटेजको सभा हलमा नेकपा एमाले केन्द्रिय सदस्य दिनेश राईको प्रमुख आथित्यतामा बसेको बिस्तारित बैठकलाई सम्बोधन गर्दै पुर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले केपी ओलीको दम्भ र अहंकारको कारण हाम्रो पार्टी पछाडि परेको र हामीहरु यो पार्टीलाई अझै पनि एकताबद्द बनाएर लैजाने मनस्थितिमा छौ तर ओली जीले पटक–पटक संसद विघटन गरेर आफ्नो अहमता देखाउन खोजेको र जसको परिणाम स्वरुप बालुवाटारबाट बालकोट जाने परिस्थिति आए । यस्तै रबैआ ओलिको अझै रह्यो भने भोलीको दिनमा १ देखि १०० हैन १०० देखि १ सम्ममा आउन कुनै बेर लाग्दैन र ओरिजिनल कम्युनिस्टहरु जहिले पनि सत्यको पक्षमा हुन्छ । पार्टीलाई एकता कस्ले गर्न खोजिरहेको छैन भनेर आम जनताले बुझी सकेको कुरा प्रष्ट पार्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहनु भएका दिनेश राइले हामीहरु अझै पनि पार्टी एकताको पक्षमा रहेको र आउने दिनमा बारा जिल्लाका मित्रहरू जहिले पनि सत्यको पक्षमा रहेर वकालत गर्नु हुनेछ भनेर आफू बिस्वस्त रहेको बताउनुभयो ।
कोल्हबीको शुबिहानी कटेजको सभा हलमा भएको बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य एवमु पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेल, प्रदेश सांसद सीता गुरुङ, नेकपा एमाले बारा जिल्लाका अध्यक्ष सुन्दर विश्वकर्मा, उपाध्यक्ष देवनारायण चौधरी, जिल्ला सचिव निजगढ नगरपालिकाकी उपप्रमुख लिला देवी खनाल, महिला नेत्री भिवा कार्की, स्थानीय नेता शिवनारायण चौधरी, किशोरी प्रसाद चौधरी, तेजनारायण चौधरी, बासु प्रसाद चौधरी, बतहु यादब, पूर्व गाविस अध्यक्ष गगनदेव प्रसाद, लालबाबू यादव, भूपु गाविस अध्यक्ष मंजारुल अंसारी लगायत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*