रविन्द्र मिश्रप्रति भट्टराईको कटाक्ष–गणतन्त्रविरूद्ध धुप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन्

कोल्हवी न्यूज
२०७८ श्रावण १२, मंगलवार ०८:३१ गते

काठमाडौं।पूर्वप्रधानमन्त्री तथा जसपा नेपालका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले गणतन्त्रविरुद्ध कसैले बोल्यो भन्दैमा तरंगित नहुन आग्रह गरेका छन्।उनले विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा लेखेका छन्,“झिंगाको सरापले डिंगा मर्दैन!कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन।संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धुप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन!बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून!”

 

साभार: dekhaapadhi.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*