हेटौंडा एडभेञ्चर क्लबको प्रथम बार्षिक साधारणसभा सम्पन्न 

कोल्हवी न्युज
२०८१ पुष १४, आईतवार ०९:३१ गते

हेटौंडा:हेटौंडा उप-माहानगरपालिका वडा न.७ स्थित हेटौंडा एडभेञ्चर क्लबको प्रथम बार्षिक साधारणसभा शनिवार हेटौंडा १८ स्थित गुम्बाडाडा पार्कमा सम्पन्न भएको छ।

क्लबका अध्यक्ष सुशिल सुवेदीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पु्र्व खानेपानी उर्जा तथा सिचाइ मन्त्री,बागमती प्रदेश सभा सदस्य माननिय एकालाल श्रेष्ठ रहनुभएको थियो सभामा निवर्तमान वडा अध्यक्ष राजन थापा टिम टेलिभिजन का अध्यक्ष नवराज खतिवडा,समाजसेवी सुबोध रिमाल,समाजसेवी उर्मिला श्रेष्ठ,सल्लाहकार किरण लामिछाने,प्रेम प्रसाद चौलागाईं लगाएतको उपस्थिति रहेको थियो ।

क्लबका सचिव मनोजकुमार गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुखअतिथि प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ क्लबले समाजिक र पर्यटकिय क्षेत्रमा गरेको कार्य को प्रशंशा गर्दै आगामी दिनमा समेत रचनात्मक कार्य गर्नको लागी प्रोत्साहन गर्नुभयो साथै श्रेष्ठले क्लवले गर्ने कार्यक्रम को उचित योजना बनाएर पेश गरेका प्रदेश सरकारबाट समेत सहयोग हुने बताउनुभयो।

साधारणसभामा अध्यक्ष सुशिल सुवेदीले प्रतिवेदन पेश गर्नुभएको थियो। साथै बिशिस्ट अतिथि निवर्तमान वडा अध्यक्ष राजन थापाले आगामी कार्यक्रम हरु सफलताको शुभकामना ब्यक्त गर्नुभयो सभामा नवराज खतिवडा सुबोध रिमाल क्लकका सल्लाहकार किरण लामिछानेले शुभकामना मन्तब्य तथा उपाध्यक्ष पुरुषोत्तम रिमालले स्वागत मन्तव्य राख्नुभएको थियो।

साधारणसभा बाट पुन सुशिल सुवेदीको अध्यक्षयतामा १३ सदस्यीय कार्य समिति चयन भएको छ जसको उपाध्यक्ष पुरुषोत्तम रिमाल,सचिव मनोज कुमार गौतम,सहसचिव सिताराम तिमल्सिना,कोषाध्यक्ष जमुना गौतम सदस्यहरु,अशोक चौलागाईं निसना आचार्य लक्ष्मी अधिकारी ओम प्रसाद फुयाल,अप्सरा पौडेल,बिक्रम लुईटेल बिजयराज थिङ लगायत रहनुभएको छ ।कार्य समितिको अबधी ३ बर्षको रहनेछ ।क्लबले सामाजिक खेलकुद तथा पर्यटकिय क्षेत्रमा कार्य गर्दै आईरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*