थाहा नगरपालिका ८ मा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सहित मिनी महोत्सव हुने
“नेपालको राष्ट्रिय भलिबल खेलको जगेर्ना गरौ गाँउगाँउ टोलटोलबाट खेलाडी उत्पादन गरौँ” भन्ने मुल नाराका साथ नमुना जनजागरण युवा क्लव तथा खेलकुद विकास समिति थाहा ८ द्वारा मिनि महोत्सव ‘२०८१’ आयोजना गरिएको छ ।
२८६१ औँ सोनाम लोछारको अवसरमा थाहा नगरपालिका ८ ऐसेलुखर्क स्थित फुटबल ग्राउन्डमा हुने भएको छ । अन्तरपालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता तथा सोनाम लोछार विशेष साँस्कृतिक कार्यक्रम यहि पौष २८ गते देखि माघ २ गते सम्म चल्ने कार्यक्रम संयोजक जयराम घलानले जानकारी दिइएको छ ।
उक्त कार्यक्रममा थाहा नगरपालिका, थाक्रे गाउपालिका, राक्सिराङ्ग गाउँपालिका र कैलाश गाउँपालिकाका खेलाडीहरुको प्रतिस्पर्धा रहनेछ । जसमा प्रथम पुरस्कार नगत एकलाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितिय पुरस्कार पचास हजार रूपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र रहने आर्थिक संयोजक सिताराम घलानले जानकारी दिइएको छ र हरेकदिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु, गायिका शान्ता रानी परियार, जितु लोप्चन, बाबुकृष्ण परियार, सानू केसी, सर्मिला गुरुङ(सरु), रजनी लामा र डान्सरहरु ममता रानामगर, पुजा सुनार, सविना राई, उद्घोषक पिम्सरा आले मगर र राममाया वाइवा सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । साथै खेल प्रतियोगिताको लागि टिम दर्ता पौष २ गते देखि २० गते सम्म गर्न सकिनेछ ।










