‘ज्वाइँ साब’ निर्देशक निरौलाले घोषणा गरे ‘दशमी’

कोल्हवी न्यूज
२०८१ मंसिर २९, शनिबार १४:५६ गते

गत दसैंमा प्रदर्शनमा आएको फिल्म ‘ज्वाइँ साब’ का निर्देशक वसन्त निरौलाले आगामी दसैंमा रिलिज गर्ने गरी नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्।

शनिबार भक्तपुरको सूर्यविनायक गणेशथान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्म ‘दशमी’ को निर्माण घोषणा गरिएको हो।

रेड आई फिल्म्स र रोमन फिल्म्सको प्रस्तुति रहने ‘दशमी’ मा राजकुमार पण्डितको लगानी रहनेछ।

फिल्मको लेखक दिलीप रानाभाट हुन्। निर्मातामा राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्य छन्। विजय बस्याल कार्यकारी निर्माता रहने फिल्मको प्रोडक्सन म्यानेजर दिलीप पन्त रहनेछन्।

निर्देशक निरौलाले फिल्मको नाम घोषणा गरे पनि कलाकारको लाइनअप भने सार्वजनिक गरेका छैनन्।

निर्माण घोषणासँगै फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ। फिल्म दसैंको फूलपातीका दिन रिलिज हुने घोषणा गरिएको छ।

‘दशमी’ मा कलाकारबाहेक अरू टिम फिल्म ‘ज्वाइँ साब’ कै देखिएको छ।

निर्देशक निरौलाका अनुसार फिल्म सामाजिक कथामा बन्नेछ। छायांकन फागुनको दोस्रो हप्तादेखि सुरू गर्ने टिमको योजना छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*