गढीमाई मेलाको अवसरमा मधेश प्रदेश सरकार द्वारा मंसिर २३ गते सार्वजनिक बिदा
कोल्हवी:बाराको महागढीमाई नगरपालिका वडा न ०१ बरियारपुरमा लाग्ने पञ्चवार्षिय विश्व प्रसिद्ध गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतबार मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री सतिशकुमार सिंहले गढ़ीमाई प्रति लाखौं श्रद्धालु भक्तजनको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले विशेष पूजा हुने दिन सार्वजनिक बिदा दिएको जानकारी दिए ।
प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउनेगरी बिदा दिएको उनको भनाइ छ।मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेला मंसिर ३० गते सम्म चल्ने छ।
मंसिर २३ गते रङा र २४ गते खसी र बोकाको बलि दिइने कार्यक्रम तय भएको मेला ब्यवस्थापन समितिले जनाएको छ।यता महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले मधेश प्रदेश सरकारले गढीमाई मेलाको अवसरमा बिदा दिइएकोमा धन्यवाद ज्ञापन गरेका छन ।