फिल्म ‘माइतीघर’को मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी
फिल्म ‘माइतीघर’को मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी छानिएकी छन् । निर्माता रोहित अधिकारीले फिल्मको मुख्य भूमिकामा उनी छनौट भएको जानकारी दिए ।
फिल्ममा यसअघि केदार घिमिरे (माग्नेबुढा) अनुबन्धित भएका थिए । फिल्म सामाजिक पारिवारिक कथामा निर्माण हुन लागेको हो ।
फिल्मका लागि अन्य दुई अभिनेता र एक जना अभिनेत्री छनोटको चरणमा छन् । रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मलाई मिलन तामाङले निर्देशन गर्न लागेका हुन् ।
रामशरण पाठकको लेखक रहेको फिल्म निर्माणमा रोहितलाई रविन शेरचन र धिरज तामाङले सधाउनेछन् ।
फिल्मको कार्यकारी निर्मातामा चन्द्रकुमार दोङ र ईश्वर श्रेष्ठ हुन् । चैतबाट फ्लोरमा जाने फिल्म आगामी दसैँमा प्रदर्शनमा आउने बताइन्छ ।