नेपाल–चीनबीच आठ विषयमा सहमतिपत्रमा हस्ताक्षर

कोल्हवी न्यूज
२०८१ मंसिर १८, मंगलवार १६:३१ गते

नेपाल र चीनका प्रधानमन्त्रीहरूको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोगलगायत विभिन्न आठ विषयमा सहकार्य र सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको छ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि यी सहमतिहरूमा हस्ताक्षर भएको हो।

वार्ताको प्रारम्भअघि चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो। प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल हिजो बेइजिङ पुगेको हो।

प्रधानमन्त्री ओलीको यो भ्रमणले दुई देशबीच व्यापार, प्राविधिक र सांस्कृतिक सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*