‘पूर्णबहादुरको सारङ्गी’ले अहिलेसम्म विदेशमा कमायो २३ करोड ३५ लाख

कोल्हवी न्यूज
२०८१ मंसिर १४, शुक्रबार १६:२० गते

‘पूर्णबहादुरको सारङ्गी’ले अन्तर्राष्ट्रिय बक्स अफिसमा सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान रचेको छ । वितरण तथा निर्माता कम्पनी सेभेन सिजले शुक्रबार (नोभेम्बर २९) सम्मको विदेशी बजारको कलेक्सन सार्वजनिक गरेको छ ।

फिल्मले सात अन्तर्राष्ट्रिय बजारबाट शुक्रबारसम्म २३ करोड ३५ लाख रुपैयाँ ग्रस (करिब १७ लाख ३० हजार अमेरिकी डलर) कमाएको छ । सबैभन्दा धेरै कमाइ अमेरिकी बक्स अफिसमा छ, जहाँ फिल्मले १२ करोड ४६ लाख नेरु ग्रस (९ लाख २२ हजार अमेरिकी डलर) कमाएको छ ।

फिल्मले दोस्रो धेरै कमाइ अस्ट्रेलियामा गरेको छ । त्यहाँको बक्स अफिसमा फिल्मले ७ करोड ७८ लाख नेरु ग्रस (८ लाख ८४ हजार अष्ट्रेलियाली डलर) कमाएको छ । न्युजिल्याण्डमा ३४ लाख ३५ हजार नेरु ग्रस (३९ हजार अस्ट्रेलियन डलर) छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*