विपिन कार्की र मिरुना मगरको ‘ऊनको स्वीटर’ फिचर फिल्म वैशाख २६ मा प्रदर्शन हुँदै

कोल्हवी न्यूज
२०८१ मंसिर १२, बुधबार १६:२६ गते

आर्टमाण्डुको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ आगामी वैशाख २६ मा दर्शकमाझ आउने भएको छ। विपिन कार्की र मिरुना मगरको प्रमुख भूमिका रहेको यस फिल्मलाई नवीन चौहानले निर्देशन गरेका छन्।

सहायक भूमिकामा सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, र अन्य कलाकारहरूको अभिनयले फिल्मलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ। निर्देशक चौहानले लेखेको कथालाई सह-लेखक सुरज कटुवालले साथ दिएका छन्।

फेसबुकमार्फत पोस्टर सार्वजनिक गर्दै आर्टमाण्डुले फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो। यसअघि म्युजिकल प्रोजेक्टहरूमा चर्चित आर्टमाण्डुको यो पहिलो फिचर फिल्मप्रति दर्शकको उत्सुकता बढ्दो छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*