‘बेहुली फ्रम मेघौली’ अब ओटीटी प्लेटफर्ममा आउने

कोल्हवी न्यूज
२०८१ कार्तिक १, बिहीबार १४:३० गते

असोज १७ गतेबाट देशभरका हलमा प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट हटाइने भएको छ । अब फिल्म अनलाइन प्ल्याटफर्म ओटीटीमा हेर्न सकिने भएको छ ।

फिल्मका निर्माता तथा अभिनेता निश्चल बस्नेतले हल व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै फिल्मलाई हलबाट उतार्ने निर्णय गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमार्फत यो घोषणा गर्दै दर्शकहरूलाई धन्यवाद व्यक्त गर्दै भन्नुभएको छ, “हलमा हेर्नुहुने सबै दर्शकहरूलाई धेरै धन्यवाद । सम्मानजनक शो उपलब्ध गराएकोमा क्यूएफएक्स सिनेमाजलाई विशेष धन्यवाद । तर अक्टोबर १७ अर्थात कात्तिक १ गतेदेखि नेपालका सबै हलहरूबाट हाम्रो फिल्म उतार्ने निर्णय गरेका छौँ ।”

यस्तै, चलचित्र एमएसएम भिडिओ मार्फत हेर्न मिल्ने निश्चल बस्नेतले जानकारी दिनुभएकाे हाे । बस्नेतले हलहरूको व्यवस्थापनले नेपाली फिल्मलाई उचित प्राथमिकता नदिएको आरोप लगाउनुभएको छ । उहाँले आफ्नो फिल्मले राम्रो अकुपेन्सी हासिल गरे पनि पर्याप्त शो नपाएको गुनासो गर्दै हिन्दी फिल्महरूलाई प्राथमिकता दिएको उल्लेख गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*