चलचित्र “ग्याल्बो राजा”को दोस्रो दिन आज, नेपाली भाषामा प्रस्तुत हुँदै

कोल्हवी न्यूज
२०८१ आश्विन १८, शुक्रबार ०६:३७ गते

कालीदेवी मिडिया हाउस प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्र ग्याल्बो राजाको दोस्रो दिन आज नेपाली भाषामा प्रस्तुत हुँदै छ ।
तामाङ भाषा र नेपाली भाषामा निर्माण गरिएको चलचित्र ग्याल्बो राजाको शो हिजो १७ गतेबाट १९ गतेसम्म बिशेष सो भइरहेको छ ।

चलचित्र ग्याल्बो राजा ग्रामीण भेगमा दलित र तामाङ समुदायबीचको अन्तर प्रेम कथामा आधारित सामाजिक चलचित्रमा अर्जुन गुरुङ, विनायक तामाङ, सङ्गीता तितुङ, मायादेवी मोक्तान, सञ्चवीर लो, किशोर श्रेष्ठ, मेम्बर लो, ऋतु तामाङ, रोजिना तामाङ, मनिका सिङ्तान, सञ्जय रुम्बा लगायतको अभिनय रहेको छ ।

चलचित्र आज १८ गते मध्यान्न १२ बजे प्रस्तुत हुँदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*