आजदेखी चलचित्र ग्याल्बो राजा को बिशेष शो सुरु हुँदै

कोल्हवी न्यूज
२०८१ आश्विन १७, बिहीबार ०६:०७ गते

मकवानपुर –  कालीदेवी मिडिया हाउस प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्र ग्याल्बो राजाको हेटौंडामा आजदेखी तीन दिन विशेष शो सुरु भएको छ । तामाङ भाषा र नेपाली भाषामा निर्माण गरिएको चलचित्र ग्याल्बो राजाको शो आज १७ गतेबाट १९ गतेसम्म बिशेष सो सुरु हुने भएको हो ।

चलचित्रका निर्देशक तथा नायक विनायक तामाङले चलचित्र ग्याल्बो राजा ग्रामीण भेगमा दलित र तामाङ समुदायबीचको अन्तर प्रेम कथामा आधारित सामाजिक चलचित्रमा अर्जुन गुरुङ, विनायक तामाङ, सङ्गीता तितुङ, मायादेवी मोक्तान, सञ्चवीर लो, किशोर श्रेष्ठ, मेम्बर लो, ऋतु तामाङ, रोजिना तामाङ, मनिका सिङ्तान, सञ्जय रुम्बा लगायतको अभिनय रहेको बताए ।

चलचित्र ग्याल्बो राजा १७ र १९ गते तामाङ भाषामा र १८ गते नेपाली भाषामा प्रदर्शन गरिने निर्देशक तथा नायक तामाङले बताए । १७ गते विहान ९ बजे, १८ गते १२ बजे र १९ गते विहान ९ बजे चलचित्र प्रदर्शन गर्ने निर्देशक तामाङले बताए। चलचित्र आगामी कार्तिक ९ गते देशभर प्रदर्शन हुने बताए । मकवानपुर र काठमाडौंका विभिन्न स्थानमा छाँयाकन गरिएको उनले बताए ।

चलचित्र उत्कृष्ट बनेकोले पार्ट २ पनि निर्माण गरिने निर्माता संगीता तितुङले बताइन् । चलचित्र निर्माणमा करिब २० लाख खर्च भएको उनले बताइन् ।

चलचित्रलाई विश्व दोङ र नीमा दोङले संयुक्त रुपमा संगीत भरेका छन् । चलचित्रमा राजु किरातको द्वन्द्व र राजु शिशिरको नृत्य निर्देशन रहेको छ ।
निर्देशक तामाङले यसअघि विभिन्न म्युजिक भिडियो खेलिसकेका छन भने सेमला दुङ्गाल, ज्योज्यो आले, मैच्याङ, चु–माया, मनको साथी, डम्फुरे लगायत १० वटा चलचित्र निर्देशन गरिसकेका बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*