ज्वाइँ साब र देववानीको प्रदर्शन रोक्न माग गर्दै निर्माता संघमा उजुरी

कोल्हवी न्यूज
२०८१ आश्विन १६, बुधबार १६:२८ गते

 रिलिजको तयारीमा रहेका चलचित्र ज्वाइँ साब र देववानीविरुद्ध नेपाल चलचित्र निर्माता संघमा उजुरी परेको छ ।

नरेन्द्रबहादुर नेम्वाङले दुवै चलचित्रको प्रदर्शन रोक्न माग गर्दै उजुरी दिएका हुन् । आफूसँग १० लाख रुपैयाँ ठगी गरेर ती चलचित्रमा लगानी गरिएको नेम्वाङको दाबी छ ।

उनले मौसम फिल्मस् प्रालिका तर्फबाट चलचित्र ‘निलकाँडा’मा आफूले पनि अभिनय गर्ने र मुनाफाको आधा पाउने शर्तमा पटक–पटक गरी १० लाख रुपैयाँ दिएको उजुरीपत्रमा उल्लेख गरेका छन् ।

पछि आफूलाई बेग्लै ३५ लाखको चेक दिइएको तर, उक्त चेक बाउन्स भएको नेम्वाङले बताए । आफूले पहिले दिएको १० लाख रुपैयाँ अहिले दुईवटा चलचित्रमा लगानी गरिएको भन्दै प्रदर्शन रोक्न माग गरेका हुन् ।

उजुरी पत्रमा भनिएको छ, ‘…मलाई ठगी गरी सो रकमले अर्कै चलचित्र ज्वाईंसाब र देववाणी निर्माण गरी हाल प्रदर्शनोन्मुख रहेको हुँदा मेरो माथि उल्लेखित रकमको कानुन बमोजिमको व्याज तथा चरित्र अभिनय समावेश गर्ने भनि सम्झौता गरिएकोमा सो समावेश नगरिँदा मेरो ख्यातिमा पुग्न गएको क्षतिको क्षतिपूर्ती समेत दिलाई भराई चलनसमेत चलाई पाउन उक्त चलचित्रहरुको प्रदर्शन र अन्य कार्यहरु तत्काल रोकी पाउन सादर निवेदन गर्दछु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*