युट्युब ट्रेन्डिङमा ‘एक्टर’ को टिजर

कोल्हवी न्यूज
२०८१ आश्विन १३, आईतवार १६:३४ गते

फिल्म ‘एक्टरः टेक वन’ को टिजर युट्युब ट्रेन्डिङमा देखिएको छ। शुक्रबार सार्वजनिक टिजर युट्युब ट्रेन्डिङमा फिल्म विधातर्फ दोस्रो स्थानमा आएको हो।

टिजरलाई आइतबार दिउँसोसम्म झण्डै ८ लाखपटक हेरिएको छ।

१ मिनेट २० सेकेन्डको टिजरमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझीसहित राजबल्लभ कोइरालालाई प्रस्तुत गरिएको छ।

राजन भुसालको निर्देशनमा बनेको यो फिल्म कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुनेछ। ‘एक्टर’ मा दिव्य देव, सुशील सिटौला, उषा रजक, सिर्जना अधिकारी, अनोज पाण्डे, बादल भट्ट, प्रदीप कुमार चौधरी र देवेन्द्र नेपालको पनि अभिनय छ। दीलिप रायमाझीकी छोरी दिव्याको ‘एक्टर’ पहिलो फिल्म हो। राजबल्लभले यो फिल्मबाट लामो समयपछि कमब्याक गरेका हुन्।

थम्मन कुमार भण्डारी निर्माता रहेको यो फिल्मलाई आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका हुन्।

युट्युब ट्रेन्डिङमा फिल्म विधातर्फ पहिलो नम्बरमा भने ‘खुस्मा’ को ट्रेलर यथावत छ। असोज ३ गते रिलिज यो फिल्मले राम्रो व्यापार गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*