जितु नेपालसँग कुनै मनमुटाव छैनः दिपाश्री निरौला

कोल्हवी न्यूज
२०८१ आश्विन ११, शुक्रबार १५:४३ गते

 कलाकार तथा चलचित्र निर्देशक दिपाश्री निरौलाले कलाकार जितु नेपालसँग कुनै पनि मनमुटाव नभएको बताएकी छिन् । यहि असोज २४ गते प्रदर्शनमा आउने तयारीमा रहेका ‘छक्का पन्जा ५’ र ‘ज्वाई साब’ बिच ठुलो टक्राब छ भन्ने हल्ला चलिरहदा दिपाश्रीले स्वच्छ प्रतिस्पर्धाको भावना राखेको तर मिडिया तथा सामाजिक सन्जालहरुमा छरिए जस्तो रिशराग केहि नभएको बताएकी छिन् ।

केहिदिन अघि कमेडी दरबारको सेटमा पुगेकी दिपाश्रीले आर्टिष्ट खबरसँग कुरागर्दै भनिन्, ‘जितुलाई मैले नराम्रो भन्न सक्दिन । केहि असन्तुष्टि होला तर यत्तिका समयसम्म हामी बिभिन्न काममा सहकार्य गर्दै आयौं, आज एउटा अर्को फिल्ममा सँगै खेले भन्दैमा मैले नराम्रो भन्न मिल्दैन ।’

जितुले केहिसमय अघि एक मिडियाको अन्तर्वार्तामा छक्का पन्जाको टिमसँग असन्तुष्टि ब्यक्त गरेका थिए । त्यसपछि अझ छक्का पन्जाको टिम र जितु नेपालको सम्बन्धबारे दर्शकले थाहा पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*