६०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म बन्यो ‘स्त्री २’

कोल्हवी न्यूज
२०८१ आश्विन ७, सोमबार १२:४६ गते

 श्रद्धा कपुर र राजकुमार राव अभिनित हिन्दी फिल्म ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा कीर्तिमान रचेको छ । यो फिल्म सर्वकालीन ब्लकबस्टर मात्र बनेन, घरेलु बजारमा ६०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म पनि बन्यो ।

बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ३९ औं दिनसम्म ६०४.२२ करोड भारु कमाएको छ । आइतबार मात्रै फिल्मले ४.८५ करोड भारु कमायो ।

शुक्रबार ‘सिनेमा दिवस’को अवसरमा फिल्मले दर्शकलाई ठूलो संख्यामा हलसम्म तान्न सक्यो । उक्त दिन टिकटको मूल्य ९९ भारु तय थियो । ‘स्त्री २’ ले शाहरुख खानको अघिल्लो ब्लकबस्टर ‘जवान’को कमाइ (५८२ करोड भारु) लाई पनि उछिनेको छ ।

‘स्त्री २’ ले पहिलो साता ३०७.८० करोड भारु, दोस्रो साता १४५.८० करोड भारु, तेस्रो साता ७२.८३ करोड भारु, चौथो साता ३७.७५ करोड भारु, पाँचौं साता २५.७२ करोड भारु, छैटौं सप्ताहन्तमा १४.३२ करोड भारु कमायो । यो फिल्मले रणवीर कपुर स्टारर ‘एनिमल’ र शाहरुख खानको ‘पठान’को कमाइलाई पनि उछिनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*