रौतहटको ट्राफिकले १ महिनामा ९ सय १२ सवारी कार्वाही गर्यो

कोल्हवी न्युज
२०८१ आश्विन ५, शनिबार १६:५१

रौतहट:रौतहट स्थित ट्राफिक प्रहरीको सक्रियतामा १ महिना भित्र ९ सय बढी सवारी साधन धनी लाई कार्वाही गरी ८ लाख भन्दा रुपैयाँ राजश्व संकलन गरेको छ। गत भदौ १ गते देखि मसान्त भित्र जिल्लाभरीमा नियम बिपरित चलेका ९ सय १२ सवारी धनी लाई कार्वाही गरी कुल ८ लाख,४३ हजार ५०० रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर गोबिन्द अधिकारीले बताएका छन्।

कार्वाहीमा पर्ने सवारी साधन मध्ये सबभन्दा बढी ट्रकको संख्या २५५ रहेको छ। ट्राफिक प्रहरीले उपलब्ध गरिएको तथ्याङकमा कार्वाहीमा पर्ने सवारी साधनमा दोस्रो स्थानमा २३२ मोटरसाईकल रहेको छ। त्यसैगरी १५५ कार, जिप, भ्यान,६७ बस र ७६ ट्याक्टर र १४६ टेम्पो रहेको छ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर अधिकारीका अनुसार
सोही अवधिमा जिल्लाको बिभिन्न स्थानमा भएको ४५ सवारी दुर्घटनामा परेर दुईजना पुरुषको मृत्यु भएको थियो।
दुर्घटनामा ४६ पुरुष,१५ महिला र १० जना बालबालिका घाईते भएका थिए।

जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्न पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर,बागमती, डुमरिया,गौर,गरुडा, बमनहर, मौलापुर, बिजयपुर लगायत ग्रामीण भेगसम्म ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*