पर्सामा १५ किलो गाँजासहित एक व्यक्ति पक्राउ
पर्सामा १५ किलो गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्ने पर्सा बहुदरमाई नगरपालिका–३ पदमौलका गम्हरियाका ३८ वर्षीय रविक महम्मद हुन् ।
बिहीबार दिउँसो १ बजेको समयमा प्रहरीले उनको घरमा छापा मार्दा उक्त गाँजा बरामद गरेको हो । महम्मदले घरमा गाजा लुकाइ छिपाइ राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले उनको घरकोठा खानतलासी गर्दा गाँजा बरामद गरेको थियो ।
उनीउपर लागूऔषध सम्बन्धी कसूरमा थप सुन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।