‘ज्ञानशास्त्र’ बाट फिल्ममा डेब्यु गर्दै टिकटकर स्मारिका ढकाल

कोल्हवी न्यूज
२०८१ भाद्र २०, बिहीबार १७:१६ गते

टिकटकमा चर्चित स्मारिका ढकालले ‘ज्ञानशास्त्र’बाट फिल्ममा डेब्यु गर्ने भएकी छन् । टिकटकरको रुपमा उदाएकी उनलाई निर्माताले शीर्ष भूमिकामा अनुबन्धित गरेका छन् ।

स्मारिकालाई टिकटकमा पछ्याउनेको संख्या ११ लाख छ । कलाकार समेत रहेका दिनेश कुँवरले निर्देशन गर्ने यो फिल्मको छायांकन तीजलगत्तै सुरु हुने तयारीमा छ ।

पछिल्लो समय घरेलु फिल्ममा टिकटकरको डेब्यु क्रममा वृद्धि भएको देखिन्छ, यो सूचीमा स्मारिका पनि थपिएकी हुन् । लोभलाग्दो भ्युज र रमाइला भिडियो मार्फत उनी टिकटक प्रयोगकर्तामाझ चर्चित छिन् । स्मारिका पछिल्लो समयकी ब्यस्त म्युजिक भिडियोकी मोडल समेत हुन् ।

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त भएपछि ‘ज्ञानशास्त्र’लाई पहिलो पटक निर्माण इजाजत दिएका थिए । महिलाप्रधान यो फिल्मले शिक्षालाई राजनीतिबाट मुक्त गर्न एक महिला पात्रले गर्ने संघर्षको कथा पेश गर्छ । फिल्ममा स्मारिकाको शीर्ष भूमिका हुनेछ ।

फिल्ममा समीर खान, रवीन्द्र झा, नरेश पौड्याल, सुशील पोखरेल, सुरविर पण्डित, श्याम राई, पूर्णिमा थापा, ममता पौडेल, रामेश्वर रिजाल, दीपक अधिकारी, अनुज गुप्ता, मुस्कान काप्री, किशोर दुवाडी, आर्यन चुडाल, दिवससिंह कुँवरको पनि अभिनय तय छ । दिवस फिल्मस्‌को ब्यानरमा प्रेमबहादुर श्रेष्ठ र विकास बरालले फिल्म निर्माण गर्न लागेका हुन् ।

निर्माण नियन्त्रकको रुपमा भोला सुवेदी ‘आरजे प्रणव’ छन् । पटकथा आभास रानाले लेखेका हुन् । छायांकन भदौ २२ देखि धादिङ र चितवनमा छायांकन सुरु हुँदैछ ।अनलाइनखबरबाट ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*