भ्वाइस अफ नेपालको छैटौं सिजनको ब्लाइन्ड अडिसनलाई १२० प्रतियोगी छानिए

कोल्हवी न्यूज
२०८१ भाद्र १८, मंगलवार १६:२५ गते

 गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजन सुरु भएको छ । यतिबेला ब्लाइन्ड अडिसनका लागि १२० जना प्रतियोगी छनोट भएका छन् । निर्देशक लक्ष्मण पौडेलले यसपटक उत्साहजनक सहभागिता पाइएको बताए ।

उनका अनुसार डिजिटल अडिसनमा ४० हजार आवेदन आएका थिए । जसबाट दुई हजार जनाले फिजिकल अडिसनमा भाग लिए । तीमध्येबाट १२० जना ब्लाइन्डमा छानिए । यसबाट पनि ब्याटलमा ६४ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

‘जुन सहभागिता देखिएको छ, यसले दर्शकमाझ भ्वाइसको क्रेज रहेको पुष्टि गर्छ,’ निर्देशक पौडेलले भने, ‘अहिले फिजिकल अडिसनबाट ब्लाइन्डमा १२० छानिएका छन् । दशैंअघि ब्याटलका लागि बाँकी छनोट हुन्छन् ।’

एउटा कोचमा १६ जना प्रतियोगी समावेश हुने पौडेलले बताए । कोच र नयाँ सिजनका नयाँ नियमबारे भने अहिल्यै निधो भइनसकेको उनले बताए । गत महिना मात्र भ्वाइस किड्सको सिजन ३ ले अनुया तामाङलाई विजेताको रुपमा पाएको थियो ।

भ्वाइस अफ नेपालको छैटौं सिजनको प्रसारण दशैंपछि मात्र गर्ने तयारी छ । यो कार्यक्रम हिमालय टिभीमा प्रसारण हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*