स्टार कलाकार रहेको ‘पिताम्बर’को छायांकन सुरु
स्टार कलाकारहरू रहेको बहुप्रतीक्षित फिल्म ‘पिताम्बर’को दोस्रो चरणको छायांकन सुरु भएको छ। सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा बालाजुस्थित एनएफडीसी ल्याबमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन विधिवत रूपमा आरम्भ गरिएको हो।
अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आँचल शर्मा बाहेक सबै कलाकारले फिल्मको छायांकन सुरु गरेको जानकारी उनले बताइन् ।
अनुप विक्रम हाल अमेरिकामा रहेकाले उनी अमेरिका फर्केपछि छायांकनमा जोडिनेछन् भने नायिका आँचल आफ्नो फिल्म ‘वर एण्ड वधु’को रिलिजपछि ‘पिताम्बर’को छायांकनमा सहभागी हुने छिन्।
काठमाडौंमा केही दिनको छायांकनपछि निर्माण टोली नवलपरासी पुग्नेछ, जहाँ फिल्मको दोस्रो चरणको छायांकन हुनेछ। यसअघि, नवलपरासीमा नै फिल्मको पहिलो चरणको छायांकन सम्पन्न गरिएको थियो।
केपी फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसले सहकार्य गरेको ‘पिताम्बर’ को छायांकन पुरुषोत्तम प्रधानले गरिरहेका छन्। विशाल चौलागाईं निर्माता रहेको यो फिल्मको बजेट ५ करोड अनुमान गरिएको छ। प्रदीप भारद्वाजले लेखेको कथा निर्देशक चौलागाईंले लार्ज स्केलमा बनाउँदै छिन्। यसअघि उनले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन्।












