विष्णु माझीको तीज गीतको धमाका, सार्वजनिक भएको पाँच घण्टामा दुई लाख भ्युज

कोल्हवी न्यूज
२०८१ भाद्र ८, शनिबार १४:३६ गते

रहस्यमयी गायिका विष्णु माझी जब चाडपर्वमा नयाँ गीतसहित आउँछिन् तहल्का पिट्छिन्। उनी कस्ती भइन्? थाहा छैन उनका प्रशंसकलाई। उहीँ पुरानै फोटो छ उनको। तर जबजब नयाँ गीत आउँछ उनको स्वरमा उस्तै युवाकालिन विष्णुकै छाप हुन्छ।

तीजमा विष्णुको स्वरमा शनिवार नयाँ तीज गीत ‘आइन आमा ओइ’ सार्वजनिक भयो। १६ मिनेट लामो म्युजिक भिडियोसहित सार्वजनिक भएको गीतमा उनको स्वर उस्तै तिक्खर र मीठो सुनिएको छ।

घरतीरको अवस्था जति पीडादायी भए पनि माइतीलाई चिन्ता नहोस् भनेर झुट बोल्न बाध्य नारीको अवस्थामा केन्द्रित म्युजिक भिडियोको कोरियोग्राफी भने आधाउधी बोक्सीको घरको फ्लेवरमा बनेको झल्को आयो।

विरह भाकाको गीतको म्युजिक भिडियो चैँ शृङ्गार रसमा बने पनि विष्णुको स्वरको जादुको अगाडि सबै कमजोरी लुकेको छ। गीतको म्युजिक भिडियो सार्वजनिक भएको पाँच घण्टामा साढे दुई लाख भ्युज पाइसक्यो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*