अभिनेत्री अरुणिमा लम्सालले गरिन् विवाह
२०८१ भाद्र ४, मंगलवार ०६:४२ गते
अभिनेत्री अरुणिमा लम्सालले विवाह गरेकी छन् । लम्सालले युवराज श्रेष्ठसँग विवाह गरेकी हुन् ।
लम्साल र श्रेष्ठले सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा विवाह गरेका हुन् । उनीहरूले केही दिनअघि सुनसरी जिल्ला अदालतमा अदालती विवाहसमेत गरिसकेका छन् ।
लम्साल अमेरिका बस्दै आएकी छन् । खासगरी ६० को दशकमा नेपाली चलचित्रमा रुचाइएकी अभिनेत्रीमध्येकी एक लम्सालको यो दोस्रो विवाह हो ।
श्रेष्ठ भने नेपाली कांग्रेसका नेता हुन् । उनी कांग्रेसको बराहक्षेत्र नगर समिति उपसभापति हुन् ।










