जितुको ‘ज्वाइँसाब’, दीपक–दीपाको ‘छक्का पञ्जा-५’ र विराजको ‘१२ गाउँ’ पनि फूलपातीमै, प्रतिस्पर्धामा तीन फिल्म

कोल्हवी न्यूज
२०८१ श्रावण ३०, बुधबार ०७:१२ गते

यसपालीको दसैंको फूलपातीमा तिन नेपाली फिल्म हलमा लाग्ने भएका छन् । बक्स अफिसमा सर्वाधिक हिट सिरिज छक्का पञ्जाको पाचौँ सिक्वेल ‘छक्का पञ्जा–५’ तथा जितु नेपाल, नीति शाह शीर्ष भूमिका रहेको फिल्म ‘ज्वाइँसाब’ र समीरको डेब्यू फिल्म ‘१२ गाउँ’ असोज २४ गते प्रदर्शनमा आउन लागेका हुन् । 

छायाकंनमा निस्किँदा जेठमै छक्का पञ्जा टिमले प्रदर्शन मिति फूलपातीलाई तोकेको थियो । प्रचार सामाग्रीका रुपमा यस फिल्मको गीत सोमबार सार्वजनिक भएको छ ।

यता जितु नेपालको फिल्म ‘ज्वाइँसाब’ले मंगलबार दुई पोस्टर सार्वजनिक गर्दै फूलापातीलाई नै प्रदर्शन मिति तोकेको छ ।

यससँगै यी तिन फिल्मले हलमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ । 

महानायक विवादमा मुछिएपछि जितुले ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट दीपाश्री निरौलालाई निकालेका थिए । त्यसपछि जितु छक्का पञ्जा टिमबाट बाहिरिए । यही कारण जितु र छक्का पञ्जा टिमबीच सहकार्यको वातावरण बन्न सकेको छैन ।

 ‘ज्वाइँसाब’ टिमले ‘छक्का पञ्जा-५’ सँग प्रदर्शन मिति जुधाएपछि जितु र दीपाको ४ वर्ष पुरानो विवाद बल्झिएको छ । सामाजिक सञ्जालमा यो विवादले स्थान पाएको छ ।

आमा सरस्वती मुभिज र आईएमीको प्रस्तुतिमा बन्ने गरेको ‘छक्का पञ्जा- ५’ को निर्देशक दीपाश्री निरौला हुन् ।

त्यस्तै, रेड आई फिल्मस्ले मौसम फिल्मस्सँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘ज्वाइँसाब’को निर्देशक वसन्त निरौला हुन् । यसका निर्माता मीनादेवी खड्का सौगात पण्डित, पदमलाल तामाङ हुन् ।

यससँगै अभिनेता विराट भट्टका छोरा समीरको डेब्यू फिल्म ‘१२ गाउँ’ असोज २४ अर्थात् फूलपातीका दिन प्रदर्शनमा आउने भएको छ । विराजले मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मितिबारे जानकारी दिएका हुन् ।

एक्सन जनरामा बनेको यो फिल्ममा विराजकै निर्देशनमा तयार भएको हो । यसमा उनी नायकको भूमिकामा पनि छन् ।

विराजको फिल्मले हलमा दीपक–दीपको ‘छक्का पञ्जा–५’, जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहने ‘ज्वाइँ साब’सँग हलमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।
यस फिल्ममा विराट र समीरसहित न्यान्सी खड्का र सनिशा भट्टराईको मुख्य भूमिका रहेको छ ।

दसैंमा दुई–तीन फिल्म लाग्नु सामान्य विषय रहेको विराजको बुझाइ छ । अन्य सामान्य दिनमा समेत फिल्महरुले हलमा प्रतिस्पर्धा गर्दा दसैंमा तीन फिल्म लाग्नु ठूलो विषय नरहेको बताइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*