अभिनेत्री हिना खानलाई स्तन क्यान्सर

कोल्हवी न्यूज
२०८१ असार १४, शुक्रबार १७:११ गते

अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ।

उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाइ तेस्रो चरणको स्तन क्यान्सर भएको जानकारी दिएकी छन्।

‘सबैलाई हेलो, अहिले फैलिरहेको अफवाहलाई मध्यनजर गर्दै शुभचिन्तकहरूलाई जानकारी दिन चाहन्छु कि म तेस्रो चरणको स्तन क्यान्सरसँग लडिरहेकी छु। अहिले म ठिक छु। म बलियो छु र छिट्टै यस बिमारीबाट बाहिर निक्लिन्छु। मेरो उपचार सुरू भइसकेको छ र यस बिमारीबाट छुट्कारा पाउने प्रयास गरिरहेकी छु,’ उनले लेखेकी छन्।

उनले टेलिशृंखला ‘ये रिश्ता क्या कहलाता है’ बाट चर्चा कमाएकी हुन्। यसमा उनले अक्षराको भूमिका निर्वाह गरेकी थिइन्। त्यसपछि उनी भारतीय रियालिटी शो ‘बिग बोस ११’ मा देखिएकी थिइन्।

उनले ‘ह्याक, अनलक, शिन्दा शिन्दा नो पापा’ लगायत फिल्ममा अभिनय गरेकी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*