भारतमा ‘कल्की २८९८ एडी’ को अग्रिम बुकिङ आक्रामक

कोल्हवी न्यूज
२०८१ असार १०, सोमबार १७:०४ गते

बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ आउँदो बिहिबारबाट रिलिज हुँदैछ। प्रभास स्टारर यस फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन्।

यसैबीच, भारतमा यस फिल्मको अग्रिम बुकिङ सुरु भएको छ।

नाग अश्विनको निर्देशनमा बनेको यस फिल्मले पहिलो दिन अग्रिम बुकिङबाट आक्रामक कलेक्सन गरेको छ। दैनिक जागरणअनुसार फिल्मको ३ हजार ३०६ शोका लागि २ लाख १७ हजार ४४ टिकट बिक्री भइसकेको छन्। अग्रिम बुकिङमा जम्मा ६ करोड ४९ लाख भारतीय रुपैयाँसम्म कमाएको छ।

तेलंगाना सरकारले ‘कल्की २८९८ एडी’ को टिकटको मूल्य समेत बढाएको छ। फिल्म रिलिजको सुरुको ८ दिनमा बढेको मूल्यमा प्रदर्शन हुनेछ।

पाँच भाषामा रिलिज हुने यो फिल्म टु डीसहित थ्री डी र आइम्याक्स थ्री डीमा उपलब्ध छ। यस फिल्मका लागि २६ आईम्याक्स स्क्रिन बुक भइसकेको भारतीयले मिडियाले उल्लेख गरेका छन्।

यस फिल्ममा प्रभाससहित दीपिका पादुकोण, प्रभास, अमिताभ बच्चन, कमल हासन र दिशा पटानी मुख्य भूमिकामा छन्। भगवान् विष्णुको कल्की अवतार देखाउने प्रयास गरिएको यो फिल्म तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दीलगायत भाषामा रिलिज हुनेछ।

सन् २०२० मा निर्माण घोषणा गरिएको यो फिल्म ६०० करोड भारतीय रुपैयाँमा बनेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*